तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई सरकारले १०÷१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको सचिवालयले जनाएको छ ।

उक्त घटनामा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गुमेको थियो । उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् । महर्जनको भने शरिरमा एउटा गोली लागेको भेटिएको थियो ।

सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ । रजकको आज दाहसंस्कार हुने बताइएको छ ।

  • २० चैत्र २०८१, बुधबार १७:४१ प्रकाशित