राज्यले दुर्गा प्रसाईंलाई पुलपुल्याएकै कारण अहिले वितण्डा निम्तियोः मिनबहादुर गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौं ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले राज्यले दुर्गा प्रसाईंलाई पुलपुल्याएकै कारण अहिले वितण्डा निम्तिएको बताएका छन । गुरुङले राजसंस्था फर्काने आन्दोलनका कमाण्डर बनाइएका प्रसाईंलाई गुण्डानाइकेको संज्ञा समेत दिएका छन ।

बुधवार भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान कार्यक्रममा गुरुङ दुर्गा प्रसाईँमाथि खनिए । सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।
आफुहरुले वर्षेनी सरकारलाई ट्याक्स तिर्ने गरेको बताउदै गुरुङले ट्याक्सबाटै सरकारले सुरक्षामा खर्च गरेको भएतापनि आफुहरुलाई सरकारले सुरक्षा दिन नसकेको समेत बताए ।

राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको उनको भनाइ रहेको थियो । प्रसाईंको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा समेत गरे । भाटभटेनीमा ढु्ंगामुढा गर्दैमा राजसंस्था नफर्कने गुरुङको भनाइ रहेको थियो ।

  • २० चैत्र २०८१, बुधबार १४:२५ प्रकाशित