तीनकुने घटनामा संलग्न थप २० जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
शुक्रबार राजधानीको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु र दर्जनौँ घाइते र तोडफोडका घटना भएका थिए । यससँगै उक्त घटनामा हाल ६२ जना प्रहरी हिरासतमा छन् ।

यसअघि पक्राउ परेका स्वागत नेपालसहितका व्यक्तिहरू भने संलग्न नदेखिएपछि रिहा भइसकेका छन् ।

  • १९ चैत्र २०८१, मंगलवार १४:०९ प्रकाशित