प्रतिनिधिसभाको एक पद रिक्त

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाको एक पद रिक्त भएको छ । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त भएको हो ।

निर्वाचन सम्बन्धी कानुनमा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी भएमा उपनिर्वाचन गर्ने भन्ने उल्लेख छ । तर, उपनिर्वाचन गर्नैपर्छ भन्ने बाध्यकारी व्यवस्था छैन ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन गर्नेरनगर्ने विषय सरकारको इच्छामा भर पर्ने जानकारी दिए ।

  • १९ चैत्र २०८१, मंगलवार १२:४९ प्रकाशित