शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधि सभाको मंगलबारको बैठक केहीबेर ढिलामात्र सुरु हुने भएको छ ।

सभामुख देवराज घिमिरे प्रतिनिधि सभाको बैठक कक्षमा पुगेपछि सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद् बैठक केहीबेर रोकिएको सभामुखको सचिवालयले जनाएको छ ।

‘घण्टी सुरु गर्नुअघि सभामुख बैठक कक्षको लबीमा पुग्ने अभ्यास छ ।सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद् केही ढिला सुरु हुनेछ’, सभामुखको सचिवालयले भनेको छ, ‘आज शोक प्रस्ताव पारित गरेर संसद् बैठक अन्त्य हुनेछ ।’

  • १९ चैत्र २०८१, मंगलवार ११:५७ प्रकाशित