पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गएको वर्षमा सरकारी तलवसहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवामा खर्चिएका छन् ।
२०८० फागुनदेखि हालसम्म बैंक खातामा प्रदेश सभा सचिवालय र मन्त्रालयबाट प्राप्त ९ लाख ९ हजार ९४ रुपैयाँसहित आफूले थप गरी १० लाख एक हजार ३२४ रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गर्दै आएको जानकारी गराए ।
मंगलबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरेर उनले बैठकभत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधा सामाजिक सेवामा खर्च गरेको जानकारी दिए । कास्की क्षेत्र २ (ख) बाट निर्वाचिन सांसद समेत रहेका मन्त्री थापाले विभिन्न ३६ क्षेत्रमा सहयोग गरेका हुन् ।
मन्त्री थापाका अनुसार पहिलो र दोस्रो कार्यकाल समेत गरेर ७९ लाख ४२ हजार रुपैयाँ ३२४ रुपैयाँ तलब र भत्तासहित त्यसमा समेत केही थपेर सामाजिक क्षेत्रमा खर्च गरेको जानकारी दिए ।
मन्त्री थापाले आफूले जनप्रतिनिधिका हैसियतले जताको चाहना पूरा गर्न कुनै कसर बाँकी नराखेको तर प्रदेश सरकार स्वयंसं सिमित स्रोत र साधन भएकाले अझै भनेजस्तो काम गर्न नसकेको उनको भनाई छ ।
गण्डकी प्रदेशको नामाकरणको विषयमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराएका उनले संघ सरकारले जवसम्म प्रदेशलाई आत्मनिर्भर बनाउने गरी कानून बनाउँदैन र त्यही अनुरुप बजेट दिँदैन तवसम्म सोचेअनुरुप प्रदेश संरचनाले काम गर्न नसक्ने धारणा राखे । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई कामकाजको भाषा समेत बनाइएको बताए ।
हेर्नुहाेस, कहाँ कति खर्चिए मन्त्री थापाले