काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका कारण घटनालाई लिएर उच्च न्याकि छानविन आयोग गठनको माग गरेको छ ।
रास्वपाले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको हो ।
शनिबार बसेको रास्वपाको सचिवालय बैठकले यस्तो माग गरेको हो । त्यस्तै, रास्वपाले आगामी १८ चैतमा केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक आह्वान समेत गरेको छ ।