काठमाडौं जिल्ला प्रशासनले लगाएको कर्फ्यु हट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौं जिल्ला प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अघि विहान ७ बजे सम्मका लागि थप गरिएको कर्फ्यु आदेश हटाइएको हो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो । रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।

शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए । राजावादीहरुको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको ज्यान गुमेको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते छन् ।

  • १६ चैत्र २०८१, शनिबार ०७:५६ प्रकाशित