काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् ।
राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालय समेत प्रभावित बनेको हो ।
व्यवस्थाको विरोध गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरुले समाजवादीको कार्यालय पुगेर पहिला कागजपत्र बाहिर निकालेर जलाएपछि कार्यालयमा आगो लगाएका हुन् ।तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन्
राजावादीहरुले त्यसअघि तिनकुने आपासमा सरकारी गाडी, प्रहरी विट समेत जलाएका छन् ।