काठमाडौँ ।
राजधानीको तीनकुने अशान्त बनेको छ । राजावादी समूहले गरेको प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडेर प्रर्दशकारी अघि बढेपछि प्रहरीले रोक्न खोज्ने क्रममा झडप हुदाँ प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको छ ।
सो क्रममा क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएको बताइएको छ । झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् ।