भारतमा तीर्थ यात्रामा गएका दाङको तुलसीपुरका चार जनाको दुर्घटनामा परी ज्यान गएको छ ।
दाङको तुलसीपुरबाट तीर्थयात्री लिएर भारत गएको यूपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार बहराइचमा दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा गाडीका चालक तुलसीपुर उपमहानगरपालिका -७, पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको ज्यान गएको तुलसीपुर-७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिएका छन्।
अन्य दुई जनाको पहिचान हुन बाँकी छ। अन्य दुई जना पनि तुलसीपुरकै भएको वडाध्यक्ष जीसीले बताए।गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ।
गाडीमा सवार अन्य पाँच जना घाइते छन्। उनीहरूको भारतमै उपचार भइरहेको जनाइएको छ। रासस