पाेखरा ।
राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइने भएकाे । मर्यादित सहकारी समुन्नत समाज मुल नाराका साथ कास्कीमा साप्ताहिक रूपमा दिवस मनाइने ६८ औं राष्ट्रिय सहकारी दिवस मुल समाराेह समिति संयाेजक दिपक राज बास्तोलाले जानकारी दिए ।
उनका अनुसार पत्रकार भेटघाट कार्यक्रम, बुद्धिचाल कार्यक्रम, निबन्ध प्रतियोगिता, साइकल र्याली, रक्तदान, सरसफाई, अन्तरक्रिया, सहकारीका उत्पादनहरूकाे प्रदर्शनी र सहकारी दिवसकाे दिन २० चैतकाे साँझ दिपावली गर्दैन कार्यक्रम मनाइने उनले बताए ।
जिल्ला सहकारी संघ कास्कीका पूर्वअध्यक्ष एवं पाेखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले याे बेला सहकारी क्षेत्रमा देखिएकाे निरासा समाधान गर्न दिवस सफल हुने अपेक्षा राखे ।
सहकारीमा समस्या आउँदा ऋणिले तिर्नुपर्दैन भन्ने भावना राख्दा समेत थप समस्या आएकाे उनकाे भनाइ थियाे । मेलमिलाप लगायतका विधि अपनाउनुपर्ने आवस्यकता औंल्याए ।
जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपक प्रकाश आचार्यले दिवसका अबसरमा गरिने विविध गतिविधिका बारेमा जानकारी दिए ।