काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै यस बिषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने बताएका हुन् ।
एकजनालाई हटाएर अर्को लाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाई । प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरि जो भन्यो त्यही नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे ।
प्रधानमन्त्रीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाउँदै हल्का र उत्ताउलो नहुन बिपक्षी दललाई सुझाव दिए ।
एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिए ।














