पोखरा ।
क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा ओम प्रकाश पाण्डे निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न २० औं साधारणसभा तथा १० औं अधिवेशनले पाण्डेको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको हो ।
समितको उपाध्यक्षमा गुणराज थपलिया, महासचिवमा महेश खनाल, कोषाध्यक्षमा बबिता चौधरी, सचिवमा संगम घिमिरे र सहकोषाध्यक्षमा रञ्जन भण्डारी चयन भएका छन् ।
त्यसैगरी कार्यकारिणी सदस्यहरुमा गोपी चन्द्र सापकोटा, कृष्ण प्रसाद दाहाल, दीलिप माली, सुभाषचन्द्र गौतम, गणेश कुमार दाहाल र दीपक अधिकारी चयन भएका छन् ।
निर्वाचन अधिकृत सुरेश चन्द्र खरेलका अनुसार महासचिव बाहेक अध्यक्षसहित सबै पादाधिकारी र सदस्य निर्विरोध चयन भएका हुन् ।