प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोडसेडिङ अन्त्य कुलमान घिसिङ एक्लैले नगरेको टिप्पणी गरेका छन्।
कांग्रेस नेत्री सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
‘नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो ?’, उनले भने, ‘हिजो त्यही काम गरेको अर्को एक जनालाई निकालेर काम नभएको पद, ठाउँमा सरुवा गरिदिनुभयो। अनि रिटायर्डलाई ल्याएर राखिदिनुभयो।’
उनले त्यसअघिका विभिन्न सरकारहरुले गरेका कामका कारण लोडसेडिङमुक्त भएको उल्लेख गरे।














