संविधानविरूद्ध चलखेल गरे नागर्जुन दरवारबाट पनि लखेटिने पूर्व राजालाई चेतावनी

केन्द्रभाग मिडिया

भक्तपुर ।

प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई संविधान विरुद्ध चलखेल नर्गन चेतावनी दिएका छन् । सापकोटाले राजनीति गर्ने भए पार्टी खोलेर चुनावी मैदानमा उत्रन सुझाव समेत दिएका छन् ।

सोमबार नेपाल बुद्धिजीवी संगठनको भक्तपुर जिल्ला सम्मेलनमा सापकोटाले पूर्व राजा गणतन्त्रविरुद्ध गतिविधि गर्न थाले नागार्जुन दरवारबाट पनि लखेटिने चेतावनी दिए ।

‘नेपाली जनता संयमित भएकोले त्यतिबेला नागार्जुनमा ठाँउ पाएको हेक्का होस, चुरीफुरी गरे नागार्जुनबाट पनि जनताले लखेट्ने छन्,’ उनले भने ।

उनले देशको अस्तित्व रहन नदिने षडयन्त्रसहित माओवादी र वर्तमान ब्यवस्थामाथि हमला गर्न खोजिएको तर्फ नेपाली जनता सचेत रहनुपर्ने बताए । माओवादी पार्टी नभई आन्दोलन भएको भन्दै उनले देश र जनताबिरुद्ध हुने सबैखाले षडयन्त्र विफल बनाउदै परिवर्तन तथा देश र जनताको रक्षा गर्ने दावी गरे ।

  • १२ चैत्र २०८१, मंगलवार १५:०४ प्रकाशित