माल्दिभ्स पठाइदिन्छु भनी ठग्ने व्यक्ति पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई प्रहरीले पक्राउ गरेको छ ।

हरि बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

  • १२ चैत्र २०८१, मंगलवार १४:१० प्रकाशित