त्रिशूलीमा ट्रक खस्दाँ चालकको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खस्दाँ चालकको ज्यान गएको छ । नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।

घटनालगत्तै प्रहरी चौकी जुगेडीबाट खटेको प्रहरी नायव निरीक्षक ठाकुर प्रसाद पनेरुको कमान्डको टोलीले चालक र सहचालकको उद्धार गरेको थियो ।

यद्यपि चालक राम नारायण यादवको सरकारी अस्पताल भरतपुर बिहान ८ः २० बजे ज्यान गएको बताइएको छ । सहचालक सुन्द्र कुमार यादवको भने उपचार जारी रहेको छ ।

  • १२ चैत्र २०८१, मंगलवार ११:४० प्रकाशित