कृषिलाई प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्न आवश्यक : मन्त्री अधिकारी

केन्द्रभाग मिडिया

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताएका छन्। सोमबार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका हुन्।

उनले वर्षभरी माटोसँगै खेल्ने किसानकै घरमा ६ महिना पनि खान नपुग्ने अवस्था रहेको बताए।’जमिन छैन मल बीउ पनि किन्न सक्दैन, तर ऊ गरिबीमा बाँचेको छ, वर्षभरी माटोमा खेल्छ ६ महिनाभन्दा बढी खान पुग्दैन। नम्बर एक यसका विषयमा सोचौँ, दोस्रो नम्बर मध्यम खालको जसले वर्षभरी खेती गर्छ र ऊ बाँच्नसक्छ,’ उनले भने, ‘त्यसका विषयमा सोचौँ र तेस्रो व्यवसायिक किसान। हामीले यसको पेरिफेरिमा रहेर यो नीति बनाउन सक्यौँ भने हामी दौडेर जहाँ पुग्न खोजेको हो पुग्न नसकौँला तर यस्लाई कार्यान्वयन चरणमा लैजान र व्यवस्थापन गर्नसक्यौँ भने नेपालले यति कल्पना गरे पुग्छ अहिलेका लागि। तर हामीसँग अर्को चुनौती के छ भने हामी के सधैँ आयातले मात्रै बाँच्नेरु आयातको भरले बाँच्न सकिँदैन सिङ्गो नेपाली बाच्नुपर्यो। मैले गरेको खेतीले १० जनालाई पुगोस्, मैले गरेको व्यवसायले लाख मान्छेलाई पुगोस्। त्यो ढंगबाट सोच बनाए अगाडि बढौँ।’

मन्त्री अधिकारीले किसानलाई गरिबीबाट मुक्त दिलाउने गरी तल्लो तहका किसानलाई अगाडि बढाउन नीति निर्माणका लागि सुझाव पेस गर्न समिति सदस्यहरूलाई आग्रह गरे।

  • ११ चैत्र २०८१, सोमबार १४:५६ प्रकाशित