काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५४.६२ अंक (२.०४ प्रतिशत) घटेको हो ।
सो गिरावटपछि नेप्से २६१४ अंकमा कायम भएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो ।