स्ववियु निर्वाचन

पोखराको पृथ्वीनारायण क्याम्पसमा सुरुभयो मतदान

अध्यक्षमा आठ जनाको प्रतिस्पर्धा, ९,२७० जना विद्यार्थी मतदाता

केन्द्रभाग मिडिया

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन सुरु । तस्बिरः केन्द्रभाग

पोखरा ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयनका लागि लागि मतदाता सुरु भएको छ । यस अगाडि ५ चैतमा मतपत्रमा देखिएको त्रुटि र त्यसका कारण उत्पन्न परिस्थितिका कारण स्थगित निर्वाचन आज (आइतबार) विहान ८ बजेबाट सुरु भएको हो ।

निर्वाचन समिति संयोजक प्राडा रामचन्द्र पोखरेलका अनुसार अहिले बिहान सुरु मतदान दिउँसो ४ बजेसम्म जारी रहने छ । पृथ्वी नारायण क्याम्पसमा नौ हजार २७० जना विद्यार्थी मतदाता छन्  । मंगलबार निर्वाचन समितिले छापेको मतपत्रमा अखिल छैटौँका उम्मेदवारको सूची नदेखिएपछि विवाद हुँदा चुनाव स्थगित भएको थियो  ।

२०६५ सालपछि सुरु पिएनको २२ औँ स्ववियु अध्यक्षका लागि स्वतन्त्रसहित आठ जना अध्यक्षका उम्मेदवार प्रतिस्पर्धामा छन्  । अहिलेको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट विष्णु पौडेल, नेपाल विद्यार्थी संघ (नेविसंंघ) बाट सुशील न्यौपाने, अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी उम्मेदवार छन् ।

अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल (छैटौँ) बाट मिलन सुनार अध्यक्षका उम्मेदवार छन्  । कमल सुवेदी र विप्लपी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

  • १० चैत्र २०८१, आईतवार ०८:४१ प्रकाशित