काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश पोखेका छन् ।
शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो आक्रोस पोखेका हुन् ।
अहिलेको सरकारले राम्रो काम गर्नेलाई भने चिथोर्ने काम गरेको प्रचण्डको आरोप छ । ‘राम्रो काम गर्नेलाई कोपरेको छ, चिथोरेको छ । जसरी हुन्छ, त्यसलाई सताएको छ,’ प्रचण्डले भने ।














