पूर्वराजा शाह गोरखामा, गोरखकाली मन्दिरमा बिताए २ घण्टा

केन्द्रभाग मिडिया

 

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक पूजाअर्चनाका लागि गोरखा आएका छन् । गणतन्त्र स्थापनापछि शनिबार पहिलोपटक पुर्ख्यौली थलो गोरखा आएका उनले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । गोरखकाली मन्दिरमा पूर्वराजा शाहले झन्डै २ घण्टा बिताए ।

गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्दै शाहले भूकम्पपछि पुनर्निर्माण भएको गोरखा दरबारको अवलोकन समेत गरे । सो अबसरमा पूर्वराजाका समर्थकले केहीबेर राजसंस्थाका पक्षमा नारा लगाएका थिए । उनीहरुले आबुखैरेनीदेखि गोरखा दरबारसम्म मोटरसाइकल र्‍याली पनि गरेका थिए ।

भोलि आइतबार पूर्वराजा शाहले मनकामना मन्दिरको पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

  • ९ चैत्र २०८१, शनिबार १५:५२ प्रकाशित