क्रान्तिका लागि तयार हुनुहोस् : रवि

केन्द्रभाग मिडिया

File photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार हुन सम्पूर्णमा आह्वान गरेका छन् । आफूले बोले दुईतिहाईको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले मात्र आफु चुप बसेको बताउँदैँ रविले यस्तो आह्वान गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बोल्न समय नजिक आउँदै गरेको बताए । उनले भने, ‘अहिले मैले बोलेँ भने दुईतिहाईको सरकारलाई गाह्रो पर्ला । बोल्यो भनेर गाह्रो भएको होला। जब बोल्ने समय आउँछ तब केहीको बोल्ती चैं बन्द हुने अवस्था आउँछ । म आवेग र उत्तेजनामा छैन ।’

अहिले सरकार नांगिएको दाबी गर्दै उनले सरकारको लाज छोपिदिनमात्र विभिन्न जिल्लाका अदालत पुगिरहेको बताए । उनले भने, ‘समय आउँदैछ, म सबैलाई भन्न चाहान्छु गेट रेडी फर द रेभुलेशन ।’

मुलुक एउटा गम्भीर अवस्थामा आएको बताउँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेले एउटा जिम्मेवार र नेपाली जनताले आशा र भरोसाले हेरेको दलको नेतृत्वकर्ताको हैसियतले समय आएपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताए । सभापति लामिछानेले निकट भविष्यमा नै देशको नेतृत्व युवा पुस्तामा आउने दाबी गर्दै दुईतिहाईको सरकारले पनि आफ्नो बाचाहरु पूरा गर्न नसकेको बताए ।

  • ८ चैत्र २०८१, शुक्रबार १४:२३ प्रकाशित