काठमाडौं ।
बारामा ह्वाट्सएप ग्रुप बनाएर स्मार्ट तरिकाले एसईईमा चिट चोराउने २ जना परीक्षा निरीक्षक पक्राउ परेका छन् ।
ह्वाट्स एप ग्रुपमार्फत् चिट चोराउने बाराको पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ पक्राउ परेका छन् । उनीहरुले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।
यस वर्षको एसईई परीक्षामा पर्खाल नाघ्दै चिट चोराएको फोटो भिडियो त भाइरल भएको देखिएको थियो । तर आज डिजिटल माध्यमबाट समेत चिट चोर्ने-चोराउने गरेको खुलासा भएको हो ।