यस्तो छ आज पोखरामा तरकारीको थोक मूल्य (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
कृषि उपज थोक बजार (मन्डी) शान्ति वन पोखराले शुक्रबारका लागि तरकारीको थोक मूल्य तोकेको छ । ठूलो गोलभेडाको प्रतिकिलो ३० देखि ३२.५ रुपैयाँ मूल्य रहेको छ । त्यस्तै, सानो गोलभेडाको मूल्य प्रतिकिलो २२ देखि २४ रुपैयाँसम्म रहेको छ ।

रातो आलु प्रतिकिलो ३५ रुपैयाँदेखि ४० रुपैयाँ, सेतो आलुको ३० देखि ३५ रुपैयाँ रहेको समितिले बताएको छ । लसुन खासाको मूल्य ३२० देखि ३५० रुपैयाँ रहेको छ ।

स्थानीय काउली प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्म रहेको छ ।ब्रो काउलेको आजको मूल्य प्रतिकेजी १०० देखि १२० रुपैयाँसम्म रहेको छ । फर्सी पाकेको प्रतिकेजी ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ । हरियो धनियाँको मूल्य प्रतिकेजी ६० देखि १०० रुपैयाँसम्म रहेको छ ।

आजको तरकारीको मूल्यसूची

 

 

  • ८ चैत्र २०८१, शुक्रबार ०८:५१ प्रकाशित