आजपनि घट्यो अधिकांश विदेशी मुद्राको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियम दर घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६२ पैसा थियो ।

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा छ । हिजो युरो १ को खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा थियो । त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६९ र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३९ र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा थियो । त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४०पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा थियो ।

  • ८ चैत्र २०८१, शुक्रबार ०५:५० प्रकाशित