भारतमा एक नेपालीलाई २० वर्ष जेल सजाय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारतको एक अदालतले एक नेपालीलाई २० वर्षको जेल सजाय सुनाएको छ ।

भारतको उत्तर प्रदेश राज्यस्थित बलरामपुरको विशेष सत्र न्यायाधीश ९पोक्सो एक्ट० दीप नारायण तिवारीले बलात्कार मामिलामा कपिलवस्तुको तौलिहवा निवासी सुनिल पाठक उर्फ राज पण्डितलाई २० वर्ष जेल सजाय निर्धारण गरेका हुन् । अदालतले सुनिललाई ११ हजार रुपैयाँ जरिबानाको फैसलासमेत सुनाएको छ ।

२५ अक्टोबर २०२३ मा उनले एक नाबालिगलाई बलात्कार गरेको बताइएको छ ।पीडित किशोरीका पिताले दिएका उजुरीका आधारमा प्रहरीले सुनिलविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको थियो । पीडित पक्षकातर्फबाट अदालतमा सात साक्षी उपस्थित गराइएको थियो ।

अदालतले सुनिललाई दोषी ठहर गर्दै २० वर्ष जेल र ११ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जरिबानाबापतको रकम तिर्न नसकेको खण्डमा थप एक वर्ष जेल सजाय हुने अदालतको फैसला छ ।

  • ७ चैत्र २०८१, बिहीबार ११:५२ प्रकाशित