पोखरा ।
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् ।
धामीले अनेरास्ववियुका अनुप न्यौपाने, अखिल क्रान्तिक्रारीका आदर्श महत क्षेत्री र नेविसंघका सौगात पण्डितलाई पराजित गरेका हुन् ।
यस्तै सचिवमा क्रन्तिकारीका हरिकृष्ण खड्का विजयी भएका छन् । उनले अनेरास्ववियुका विनायक भुंवाजीलाई पराजित गरेका हुन् ।