काठमाडौं ।
बुधबार पनि सेयर बजारमा गिरावट जारी रहेको छ । अघिल्लो दिन ७.६ घटेको बजार आज १४.८ अंक घट्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ ।
अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो । ५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन ०.१० तथा व्यापार ०.६० प्रतिशत बढे भने अरु सबै सेक्टरका सूचक घटे ।
फाइनान्स सेक्टर सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो । बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.५१, तथा अन्य सेक्टर ०.५१ प्रतिशत घटे ।
मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशत बढ्यो । भूगोल इनर्जीको ७.३, ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशत मूल्य बढ्यो ।















