सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र, यसै साता गोरखा आउने

केन्द्रभाग मिडिया

पोखरा ।

प्रजातन्त्र दिवशको शुभकामना मार्फत आफ्नो सक्रियता बढाएका पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा र यस आसपासको भ्रमण पछि अब पुनः गण्डकी प्रदेशमै अर्को धार्मिक भ्रमण गर्ने भएका छन् । उनी यसै साता गोरखा आउने भएका हुन् ।

पूर्वराजा शाह यसै साता गोरखाको गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिर पूजाअर्चना गर्न आउने पूर्वराजा शाहको सचिवालयले जनाएको छ । पूर्वराजाका संवाद सचिव डा. फणीराज पाठकले आज (बुधबार) सूचना जारी गर्दै पूर्वराजा शाह गोरखा आउने कार्यक्रम तय भएको जानकारी दिएका हुन् ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहको अभिव्यक्ति सार्वजनिक भएसँगै पछिल्लो केही साता यता राजावादी सक्रिय छन् । केही दिनअघि पोखराबाट फर्किएका शाहलाई काठमाडौंमा भव्य स्वागतसमेत गरिएको थियो ।

त्यस यता उत्साहित भएका राजावादीहरु पुराना पञ्च नेता नवराज सुवेदीको संयोजकत्वमा समिति बनाएरै राजतन्त्र फर्काउने जनआन्दोलन गर्ने बताइरहेका छन् । यसैबेला पूर्वराजा शाहको गोरखामा हुने धार्मिक भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।

  • ६ चैत्र २०८१, बुधबार ११:२३ प्रकाशित