काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका चारवटा जवस मोर्चाको संयुक्त बैठक बसेको छ । मंगलबार सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोग र विभागका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठक सम्पन्न भएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।
नेता ज्वालाका अनुसार बैठकले चैत १० गतेभित्र पार्टीका सल्लाहकार, केन्द्रीय आयोग र विभागहरूको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै संयुक्त बैठकले समाजवादी मोर्चाले आयोजना गरेको चैत १५ गतेको वृहत् जनप्रदर्शन र सभालाई भव्य रूपमा सम्पन्न गर्न आयोग र विभागहरूले व्यापक तयारी गर्ने निर्णय गरेको छ ।
चार दलीय मोर्चाले चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।