स्ववियु निर्वाचन

पोखराको पीएन क्याम्पसमा भोलि(बुधबार) मतदान हुने

केन्द्रभाग मिडिया

पोखरा ।

 पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान स्थगित भएको छ ।  तनावपूर्ण बनेको पोखराको पृथ्वीनारायण क्याम्पस(पीएन)मा भोलि चैत ६ गते बुधबारको दिन मतदान हुने भएको हो ।

प्रत्यक्ष तर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल छैठौंको अध्यक्ष पदका उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन जाँदा तनावपूर्ण स्थिती सिर्जना हुदाँ तोकिएको मिति आज चैत ५ गते पीएन क्याम्पसमा मतदान हुन नसकेको क्याम्पस प्रशासनले सुचना जारी गर्दै जानकारी दिएको छ ।

भोलि बिहान ८ बजेबाट क्याम्पस परिसरका मतदान सुरु गर्ने निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिहरुको रायबमोजिम मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको समय अभावका कारण आज मतदान सुरु गर्न नसकिएको सुचनामा भनिएको छ ।

आज मतदान प्रक्रिया रोकिएपछि विद्यार्थी संगठनहरुले क्याम्पस गेट अगाडि नाराबाजी गरेका थिए ।त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो । तर, पोखराको पृथ्वी नारायण क्याम्पसमा १६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन ।

  • ५ चैत्र २०८१, मंगलवार १५:४७ प्रकाशित