विराटनगर ।
मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर ज्यान गएको छ ।ज्यान गुमाउनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए ।
आगलागीपछि हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए । उनका आगलागीबाट १२ घर परिवारको १६ वटा घरर छाप्रा जलेका छन् ।
हाल आगलागी नियन्त्रण भएको चिमरियाले बताए ।













