पोखरा २१ का वडाध्यक्ष सुवेदीमाथि रड प्रहार गर्ने गिरी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महागनरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार गर्ने भुपेन्द्र गिरी पक्राउ परेका छन् ।

पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार गर्ने गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।

शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीसहितका जनप्रतिनिधिमाथि संरचना निर्माण गरेका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए ।

घटनाको २ दिनपछि गिरीलाई थप अनुसन्धानको लागि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासनबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।

  • ४ चैत्र २०८१, मंगलवार ११:३९ प्रकाशित