गण्डकीमा हल्का वर्षाको सम्भावना, बाँकी प्रदेशमा मौसम सफा रहने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ ।

दिउँसो देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना छ ।

राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ ।

  • ४ चैत्र २०८१, मंगलवार ०७:१७ प्रकाशित