आज पनि सेयर कारोबारमा गिरावट

केन्द्रभाग मिडिया

stock

काठमाडौँ ।

सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार पनि निरन्तरता पाएको हो । साताको दोस्रो कारोबारको दिन सेयर बजार परिसूचक १०.१४ अङ्कले घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो ।

आज कारोबारमा आएका ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर बजारमा ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक घटेसँगै सोमवार कारोबार रकममा पनि गिरावट आएको हो ।

  • ४ चैत्र २०८१, सोमबार १६:०७ प्रकाशित