रत्न इम्पोरियममा चैत महिनाभर टिकटक प्रतियोगिता

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको चिप्लेढुंगामा रहेको प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान रत्न इम्पोरियममा टिकटक प्रतियोगिता जारी छ । यही १ चैत देखि सुरु प्रतियोगिता ३१ चैतसम्म चल्ने इम्पोरियमले जानकारी दिएको हो । प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले सात हजार रुपैयाँ र तेस्रो हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागीताका लागि रत्न इम्पोरियम कुर्था काउन्टरबाट गत १ चैत देखि आगामी ३१ चैतसम्म कुनै पनि वस्तु किनेर टिकटकमा भिडियो बनाएर अपलोड गर्दै इम्पोरियम  (@ratnaemporium) मा ट्याग गर्नुपर्ने छ । उक्त भिडियो रत्न इम्पोरियमले पुन पोष्ट गर्नेछ । इम्पोरियममा खरिद गर्ने ग्राहकले अनिवार्यरुपमा कर इन्भोइस वा संक्षिप्त कर इन्भोइस लिनुपर्नेछ । साथै रत्न इम्पोरियमको टिकटक र ईन्स्टाग्रामलाई लाइक गर्नु पर्नेछ ।

नेपाली नयाँ वर्षको पहिलो दिन १ बैशाखमा सबैभन्दा धेरै लाइक भएको भिडियोलाई बिजेता घोषित गरिने छ । त्यसपछि क्रमस दोस्रो र तेस्रो धेरै लाइक पाउनेले दोस्रो र तेस्रो पुरस्कार पाउने छन् । पुरस्कार बिजेताले अनिवार्य बिल लिएर पुरस्कार लिन आउनुपर्नेछ ।

  • ३ चैत्र २०८१, सोमबार ०९:४० प्रकाशित