पोखरा ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । नेताका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने छ । २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा भएको प्रदर्शनपछि गणतन्त्रवादी दलहरूले त्यसको प्रतिवाद गर्दै आइरहेका बेला एमाले बस्न लागेको एमाले सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।
बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई ब्रिफिङ गर्न लागेका हुन् । बैठकमा समसामियक राजनीतिक परिस्थितको विषयमा विश्लेषणसहित छलफल हुनेछ ।
ओलीले आगामी रणनीति के हुने भन्नेबारे नेताहरूसँग छलफल गर्न बैठक बोलाएको बताइएको छ । यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चाले त काठमाडौँमा राजावादीको प्रदर्शनविरुद्ध प्रदर्शन नै गर्ने तयारी सुरु गरिसकेको छ । त्यस्तै सत्ताधारी दलहरूले पनि पूर्वराजाको सक्रियतालाई लिएर विभिन्न टिकाटिप्पणी गर्दै आइरहेका छन् ।