पोखरा ।
प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी फागुन महिनामा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई प्रदान गरिएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दार, कर्तव्यनिष्ठ भइ उच्च व्यावसायिक सुझबुझका साथ कार्यान्वयन गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले उनलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
हाल इलाका प्रहरी कार्यालय आँबुखैरेनी नहुँमा कार्यरत प्रहरी निरीक्षक सुवेदीले लागुऔषध नियन्त्रण, अवैध हातहतियार वरामद, सचेतनामुलक कार्यक्रम तथा आन्तरिक भौतिक पूर्वाधारहरुको पुनर्निर्माण र संरक्षण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख छ । साथै प्रहरी निरीक्षक सुवेदीले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।