घट्यो सेयर बजार : आज ६ अर्ब ८३ करोड बराबरको कारोबार

केन्द्रभाग मिडिया

stock

काठमाडौँ ।

पछिल्लो केही दिनदेखि सेयर बजार ओरालो लागिरहेको छ । आज सेयर बजार परसिूचक (नेप्से) २१.६३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो ।

आज बजारमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज बजारमा ३१ कम्पनीको मूल्य बढेको छ । २०७ कम्पनीको मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र पिपुल्स हाइड्रोपावर सेयरमूल्य सबैभन्दा धेरैले घटेको छ ।

बजारमा आज अन्य ट्रेडिङ परिसूचकमा उच्च सुधार हुँदा अरू सबै समूहको सूचक घटेको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै २.२५ प्रतिशतको गिरावट देखिएको छ ।

  • ३ चैत्र २०८१, आईतवार १५:३७ प्रकाशित