पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार भएको छ ।
पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूलाई हातपात भएको हो ।
शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गर्दै अपशब्द बोलेका थिए ।
संरचना हटाउन नगर प्रहरी पुगेपछि रोकिएको थियो । ‘मैले राज्यको नियम पालना गराउन गएको हुँ । तर मैमाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भयो, ‘अध्यक्ष सुवेदीले भने । घटनाको मयर धनराज आचार्यले पनि विरोध जनाएका छन् ।
भिडियो स्रोत : पोखरा महानगरपालिकाको फेसबुक पेजबाट













