घट्यो पेट्रोलियम पदार्थको भाउ (मूल्यसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले आज (शनिबार) मध्यरातको १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदाथएको भाउ घटाएको हो । नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ ।

अब काठमाडौँ उपत्यका, पोखरा र दिपायलमा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँमा कारोबार हुनेछ ।

इन्डियन आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगमको सञ्चालक समिति बैठकले यो निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

  • १ चैत्र २०८१, शनिबार २०:५४ प्रकाशित