फोनिज गण्डकीको अध्यक्षमा खिमा गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल​ आदिवासी ज​न​जाति प​त्र​कार​ म​हासंघ​ (फोनिज​) गण्डकीको अध्यक्षमा खिमा गुरुङ​ चयन भएकी छन् । बुधबार पोखरामा सम्पन्न गण्ड​की प्रदेश​को तेस्रो अधिवेशनले खिमाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ध​न​ ब​हादुर​ गुरुङ (सुमन), उपाध्यक्ष (महिला) मा शिला गुरुङ, महासचिवमा सूरज थापा मगर सचिव (खुल्ला) दिल प्रसाद गुरुङ, सचिव (महिला) मा कला राना मगर, कोषाध्यक्षमा सुमन थापा मगर चयन भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा यमबहादुर सोमैं मगर, खडक बहादुर आले, मनप्रसाद गुरुङ, चेतबहादुर थापा प्रविण, कविता घर्ती, चन्द्र कुमारी महतो, पुनम थापा मगर र कृष्ण श्रेष्ठ (रोजी) चयन भएका छन् ।

  • २८ फाल्गुन २०८१, बुधबार २०:१० प्रकाशित