प्याब्सनका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

केन्द्रभाग मिडिया

निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (प्याब्सन) को नयाँ कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

बुधबार काठमाडौँमा भएको १६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भूमिका खेल्ने बताए।

उनले नेपालका निजी विद्यालयहरुले दिएको गुणस्तरीय शिक्षाका बारेमा विश्वभर चर्चा हुने गरेको भन्दै यसलाई निरन्तरता दिन शिक्षाको विश्वव्यापीकरण गर्ने दाबी गरे।

हालै सरकारले ल्याएको शिक्षा विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ। उनले कम्पनीअन्तर्गत रहेका निजी विद्यालयहरुलाई कम्पनीमै रहने र पुस्तान्तरण हुने व्यवस्था निरन्तरताका लागि आफूले पहल गर्ने बताए।

  • २८ फाल्गुन २०८१, बुधबार १६:२६ प्रकाशित