बरिष्ठ पत्रकार सुवेदीलाई रुपा रत्न सम्मान

केन्द्रभाग मिडिया

Oplus_131072

पाेखरा ।

पोखराका बरिष्ठ पत्रकार नवराज सुवेदी  रुपा रत्न सम्मानबाट सम्मानित भएका छन् । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा बरिष्ठ पत्रकार सुवेदीलाई दाेसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो ।

रुपा गाउँपालिकामा जन्मेर पत्रकारिता मार्फत रूपा र राष्ट्रलाई दिएकाे महत्वपूर्ण योगदान स्वरूप सुवेदीलाई  सम्मान गरेको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए ।

रुपा रत्न सम्मान २०८१ बाट सम्मानित नवराज सुवेदी पत्रकार महासंघ कास्कीका पूर्व सचिव तथा पोखराबाट प्रकाशित फेवापाेष्ट साप्ताहिकका सम्पादक हुन् । उनलाई नेपाल पत्रकार महासंघले स्वतन्त्रता सेनानी घोषणा गर्दै सम्मानसमेत गरिसकेको छ । उनी यस अगाडि नै पत्रकारिता एवं विभिन्न पुरस्कार एवं सम्मानित भइसकेका छन् ।

  • २७ फाल्गुन २०८१, मंगलवार १७:३४ प्रकाशित