वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा सिफारिस समिति गठन गरेका थिए । सोही समितिले अनुसार डा। शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।

नवनियुक्त निर्देशक डा.शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुन् ।

  • २७ फाल्गुन २०८१, मंगलवार १२:३७ प्रकाशित