यी तीन प्रदेशमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ ।

आज दिउँसो गण्डकी प्रदेश, कोशी प्रदेश र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति गण्डकी, कोशी र कर्णालीका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना  छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।

 

 

  • २६ फाल्गुन २०८१, सोमबार ०७:२० प्रकाशित