गणतन्त्र पक्षधरहरूको गठबन्धन बनाउन राष्ट्रिय जनमोर्चाको प्रस्ताव

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाले देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता औँल्याएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका लागि जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँच दलीय गठबन्धन बनेको थियो । त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्नु सम्भव भएको थियो । तर प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनका विरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ ।’

अहिले देशमा जुन प्रकारको परिस्थिति सिर्जना भएको छ त्यसमा सरकारले अपनाएका गलत नीति, कुशासन वा भ्रष्टाचारको ठुलो भूमिका रहेको केसीको ठहर छ । जनतामा पैदा भएको असन्तोष र स्वयं गणतन्त्रप्रति बढ्दै गएको वितृष्णाका कारणले पनि पुनरुत्थानवादी शक्तिलाई धेरै बल पुगेको उनको भनाई छ ।

  • २५ फाल्गुन २०८१, आईतवार १५:३८ प्रकाशित