मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस तनहुँका जिल्ला सदस्य पौडेलको ज्यान गयो

केन्द्रभाग मिडिया

दमौली ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको ज्यान गएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।

  • २५ फाल्गुन २०८१, आईतवार १२:१५ प्रकाशित